काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले पञ्जाव लाई ४ विकेटले पराजित गरेको हो ।
पञ्जावले दिएको १६४ रनको लक्ष्य पछाएको गुजरातले १९.५ ओभर ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
गुजरातका लागि साई सुदर्शनले ५७ र वाशिंटन सुन्दरले अविजित ४० रन बनाएका थिए भने जोस बटलरले २६ र निशान्त सिन्धुले १५ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गरेको पञ्जावले सुर्यांश शेडगेको ५७, मार्कस स्टोइनिसको ४०, मार्को जानसेनको २० र कप्तान श्रेयस अय्यरको १९ रनको मद्धतले २० ओभरमा ९ विकेट गुमाएर १६३ रन बनाएको थियो । त्यस्तै गुजरातका बलर जासन गोल्डरले सर्बाधिक ४ विकेट लिएका थिए भने मोहमद सिराज र कागीसो रबाडाले २-२ विकेट लिएका थिए ।
यो जितपछि गुजरात टाइटन्सको १० खेलमा १२ अंक भएको छ र हाल पाँचौं स्थानमा रहेको छ । आइपिएलको अंक तालिकामा चार टिमको १२ अंक रहेको छ । त्यस्तै पञ्जावको भने यस सिजनमा यो दोस्रो हार हो । ९ खेलमा १३ अंक रहेको पञ्जाव शिर्ष स्थानमा कायम रहेको छ ।
जारी आइपिएल अन्तर्गत आज मुम्बई इण्डियन्स र लखनउ सुपरजाइन्टबीच खेल हुदैछ ।









