• २०८३ बैशाख १२ शनिबार

कीर्तिमानी रन चेज गर्दै दिल्लीविरुद्ध पञ्जावको शानदार जित

कीर्तिमानी रन चेज गर्दै दिल्लीविरुद्ध पञ्जावको शानदार जित

काठमाडौँ । पञ्जाव किंग्सले जारी आइपिएलमा कीर्तिमानी रन चेज गर्दै दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ  । शनिबार सम्पन्न खेलमा पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो  ।

दिल्लीले दिएको २६५ रनको लक्ष्य पछाएको पञ्जावले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो  ।

पञ्जावका लागि प्रभसिमरन सिंहले सर्बाधिक ७६ रन बनाएका थिए भने कप्तान श्रेयस अय्यरले अविजित ७१ रन बनाएका थिए । त्यस्तै प्रियान्स आर्याले ४३, नेहाल वाडेराले २५, शशांक सिंहले अविजित १९ र कूपर कोन्नोलीले १७ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको दिल्लीले केएल राहुलको १५२ रन र नितिश रानाको ९१ रनको मद्धतले २० ओभरमा २ विकेट गुमाएर २६४ रन बनाएको थियो ।

पञ्जावको यो रनचेज आइपिएल मात्र नभएर टी-२० क्रिकेटको इतिहासमै सबै भन्दा ठुलो रन चेज हो ।

यसअघि २०२४ मा पञ्जावले नै आइपिएलमा कोलकोताविरुद्ध २६२ रनको लक्ष्य चेज गरेको थियो भने त्यसअघि २०२३ मा दक्षिण अफ्रिकाले वेस्ट इण्डिजविरुद्ध २५९ रन चेज गरेको थियो ।      

पञ्जावको यो जितपछि ७ खेलमा १३ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै दिल्लीको भने ७ खेलमा यो चौथो हार हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै