• २०८३ बैशाख ९ बुधबार

आइपिएलमा दिल्लीमाथि सनराइजर्स ४७ रनले विजयी

आइपिएलमा दिल्लीमाथि सनराइजर्स ४७ रनले विजयी

काठमाडौँ । सनराइजर्स हैदरावादले जारी आइपिएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा सनराइजर्सले दिल्लीलाई ४७ रनले पराजित गरेको हो ।

सनराइजर्सले दिएको २४३ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउदै १९५ रन बनाएको थियो ।

दिल्लीका लागि नितिश रानाले सर्बाधिक ५७ रन बनाए भने समीर रिज्वीले ४१, केएल राहुलले ३७ रन बान्येका थिए ।

त्यस्तै सनराइजर्सका बलर इशान मालिंगाले ४ व्विकेट लिए भने हर्ष दुबेले ३ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको सनराइजर्सले अभिषेक शर्माको १३५ रनको शतकीय पारीको मद्धतले २० ओभरमा २ विकेट गुमाउदै २४२ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्सको ७ खेलमा ८ अंक भएको छ र तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै दिल्लीको भने ६ खेलमा ६ अंक रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै