काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई बुधबार दिउँसो काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो ।
गत वर्ष स्थानीय र आमचुनावमा विभिन्न स्थानमा हिंसा भड्काएको र चन्दा असुली गरेको उजुरीको अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीसँगै स्वकिय सचिव मनबहादुर श्रेष्ठ र चालक हरिशचन्द्र आचार्य पनि पक्राउ परेका छन्।
तत्कालीन माओवादी पार्टीका पोलिटब्युरो सदस्य रहेका विश्वकर्मा पूर्वमन्त्री समेत हुन्।