• २०८२ माघ १८ आइतबार

लिड्समाथि आर्सनलको फराकिलो जित

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लिड्स युनाइटेडमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा मार्टिन जुबीमेन्डी, भिक्टर ग्योकेरेज र गाब्रियल जिससले एक एक गोल गरेका थिए भने एक गोल लिड्स युनाईटेडका कार्ल डार्लोवले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि आर्सनलको २४ खेलमा ५३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै लिड्स युनाइटेडको २४ खेलमा २६ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै