• २०८२ माघ १८ आइतबार

साउदी लिगमा अल नासर विजयी

kharibot

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल-तावाउन एफसीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल-तावाउनलाई १-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा  अल-तावाउनका मोहमद अल दोसारीले गरेको आत्मघाती गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि अल नासरको १७ खेलमा ४० अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै शिर्ष स्थानमा रहेको अल हिलालले १७ खेलमा ४५ अंक रहेको छ ।

त्यसैगरी अल-तावाउन एफसीको १७ खेलमा ३५ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै