काठमाडौँ । भारतले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिज ४-१ ले जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम तथा पाँचौं खेल भारतले ४६ रनले जितेको हो ।
भारतले दिएको २७२ रनको विशाल लक्ष्य पछाएको न्यूजील्याण्डले १९.४ ओभरमा अल आउट हुदै २२५ रन मात्र बनाएको थियो ।
न्यूजील्याण्डका लागि फिन एलेनले ३८ बलमा ८० रन बनाए भने इश सोढ़ीले ३३, रचिन रविन्द्रले ३० तथा डार्यल मिचेलले २६ रन बनाएका थिए । त्यसैगरी भारतका बलर अर्शदीप सिंहले ५ विकेट लिए भने अक्सर पटेलले ३ विकेट लिए । त्यस्तै रिंकु सिंह र वरुण चक्रवर्तीले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ५ विकेट गुमाउदै २७१ रन बनाएको थियो । भारतका लागि इशान किशनले ४३ बलमा १०३ रन बनाएका थिए भने कप्तान सूर्यकुमार यादवले ३० बलमा ६३ रन बनाएका थिए । त्यस्तै हार्दिक पाण्डेयले १४ बलमा ४२ रन बनाए भने अभिषेक शर्माले ३० रन बनाएका थिए ।
यो जितसँगै भारतले ५ खेलको सिरिज ४-१ ले जितेको छ । भारतले शुरुका तीन खेल लगातार जितेको थियो भने चौथो खेल न्यूजील्याण्डले जितेको थियो ।









