• २०८१ बैशाख २२ शनिबार

भिटोफमा नयाँ नेतृत्व आउदै, के भन्छन् प्रतिष्पर्धी ?

kharibot

काठमाडौँ । विगत लामो समय देखि गाउँ पर्यटनलाई प्रवद्र्धन गर्नु पर्छ भन्ने हेतुले गाँउ पर्यटन पर्वद्धन मञ्च नेपाल (भिटोफ) ले विशेष गरी सहर केन्द्रित पर्यटन व्यवसायलाई गाउँ गाउँमा पुर्याउने कार्य गर्दै आएको छ ।  यसले सहर केन्दीत पर्यटकलाई गाउँमा विकेन्द्रिकरण गर्ने कार्य गर्दै आएको छ । गाउँघरमा नयाँ सम्भावना खोजेर प्रत्येक वर्ष विश्व पर्यटन दिवसको दिनमा ३ वटा नयाँ पर्यटकीय गाउँ घोषण गर्ने काम गर्दै आएको छ ।  गत वर्ष स्याङ्जाको पितलेक, धादिङको सलाङ र मकावनपुरको कुनछाललाई भिटोफले नयाँ गन्तव्य स्थल घोषण गरेको थियो । 

भिटोफले हरेक वर्ष गाँउ पर्यटन दिवश तथा गाउँ पर्यटन मञ्च नेपालको साधरण सभाको अवसर पारेर १ उत्कृष्ठ गाँउको पनि घोषणा गर्ने गर्दछ । यहि साउन १५ गते गाँउ पर्यटन दिवश तथा गाँउ पर्यटन पर्वद्धन मञ्च नेपालको २२ औं साधारण सभा हुदैछ । हरेक दुई वर्षमा हुने अधिवेशवाट पदाधिकारी चयन गर्ने गर्दछन् । 

नेपाल प्राकृतिक ,धार्मिक साँस्कृतिक रुपमा सम्पन्न छ । यसैले पर्यटकहरु एउटा सानो नेपाल ओज्दै आइपुग्छन् ।  तर गरिबी, भौतिक पुर्वाधारको कमी, भौगोलिक विकटता  जस्ता विभिन्न कारणले पर्यटन पर्वद्धनको क्षेत्रमा समस्या देखिने गरेको छ । गाउँमा अझै पनि शिक्षा र चेतनाको अभाव छ । पयर्टन विकास किन आवश्यक छ , होमस्टे के हो जस्ता कुराहरु पनि स्थानीयलाई सम्झाएर बुझाएर मात्र काम अगाडि बढाउनु परेको बताउछन् भिटोफका अध्यक्ष कमल सापकोटा । संभावित धेरै गाउँ हुदाँ छान्न गाह्रो पर्ने गरेको छ  भन्दै सापकोटा भन्छन्— “पुर्वाधारको विकास हुन सकेको छैन । सरकारले भौतिक पुर्वाधारको राम्रो स्तरीय विकासमा जोड दिनु पर्छ । ”

कार्यालय व्यवस्थित बनाएर ११ जना सदस्यको नेतृत्वमा ११ विभाग बनाएर कार्य विभाजन गरी जस्तो मिडिया विभाग, अन्तराष्ट्रिय विभाग , गन्तव्य पहिचान विभाग  तालिम विभाग लगायतको विभाग बनाएर व्यवस्थित बनाएर काम गर्ने थिति बसालेको सापकोटाको दावी छ ।

ग्रामीण पर्यटन विकासको लागि होमस्टे प्रवद्र्धनको आवश्यकता पहिचान गर्दै तालिम दिने कामको पनि थालनी गरेको बताउदै नयाँ होमस्टे टे«किङ टायलको पनि सुरुवात गरेको र गन्तब्य गाउँ घोषणा, ग्रामीण पर्यटन सम्बन्धि पुस्तक ‘नेपालमा गाउँ पर्यटन’ प्रकाशन जस्ता कार्य गरेको सापकोटाको भनाई छ । 

असार १५ पारेर पर्यटन व्यवसायी, पर्यटन विज्ञ, पत्रकार बुद्धिजीवि सहितको टोलीले अध्ययन भ्रमण गर्ने काम गर्दै पर्यटकलाई कृषिसाग जोड्ने काम गर्दै आएको  आएको भन्दै सापकोटाले वेवसाइड व्यवस्थित बनाउने चाडपर्व पर्यटन प्रवद्ध्नको कार्य भिटोफ नेपालले गर्दै आएको बताएका छन् ।

अहिले २२ औ साधरण सभाबाट अध्यक्षको उमेद्वारमा  ध्रुब सिमखडा र बासुदेव पाण्डे गरी प्रतिष्पर्धी दुई रहेका छन् । सिम्खडा पुर्व उपाध्यक्ष हुन भने पाण्डे वर्तमान महासचिव हुन् । 

गाउँ पर्यटन प्रवद्र्धन मञ्चमा उपाध्यक्षको रुपमा एक कार्यकाल काम गरेको र सदस्यको रुपमा लामो समय काम गरेको अनुभव भएको र सबै साथीहरु आफु प्रति सकारात्मक रहेको भन्दै भिटोफमा अध्यक्षका प्रतिस्पर्धी धुब सिम्खडाले आफ्नो जित निश्चित भएको बताएका छन् । सिम्खडा भन्छन् —“अघिल्लो कार्यकालमा नै अहिले म अध्यक्ष हुने भनेर  सहमति भएको थियो र २÷४ जनाले भड्काउन खोजेका हुन ।” राजनीति घुसाएर पुर्व एमालेका पर्यटकीय संगठनल आफुलाई सर्वेसर्वा ठानेर अरुको कुरा नसुनेको सिम्खडाको आरोप छ ।

पाण्डे व्यक्तिगत रुपमा राम्रो भए पनि उनलाई उचालेको भरमा उमेद्वारी दिएको र उनलाई ग्रामीण पर्यटनको बारेमा राम्रो जानाकारी नभएको सिम्खडाको आरोप लगाएका छन । सिम्खडा भन्छन —“मसँग भिजन छ, उनीसँग ज्ञान र समय दुबै छैन । योजना र प्रतिवद्धता सहित आएको छु । ” देश अनि विदेशको नारालाई लक्षित गर्दै गाउँ पर्यटन  प्रवद्धन  गरी आन्तरिक पर्यटन बृद्धि गर्ने तथा अन्तराष्ट्रिय सम्बन्ध सुमधुर बनाउने जस्ता योजनाहरु आफुसँग रहेको सिम्खडाको दावी छ ।

व्यवसायीक प्रतिस्पर्धा हु्न्छ । वरिष्ट व्यवसायीहरु हाम्रो पक्षमा छन ।  गाउँ पर्यटन पर्वद्धनको लागि गाउँमा जाने बस्ने घुलमिल हुने प्रवद्धन गर्ने पर्यटकीय गाउँ बनाउने कार्यलाई सशक्त रुपमा अगाडि बढाउने गुरुयोजना सहित आएको बासुदेव पाण्डेको भनाइ छ । पाण्डे थप्छन्—“ पुरानो कार्य निरन्तरता दिदै नयाँ कार्यक्रम सहित अगाडि बढ्ने योजनाका साथ हामी आएका छौं ।” 

४ वर्षदेखि निरन्तर काम गरीरहेको भिटोफ प्रति आफ्नो लगनशीलता र प्रेम रहेको भन्दै  थुप्रै कार्यक्रमहरु पुरा हुन बाँकी रहेकाले निरन्तरताको लागि पनि आफुले जित्नु आवश्यक रहेको बासुदेव पाण्डेले बताएका छन् ।आफ्नो प्यानल कार्यसमितिबाटै देशभरी पुगेको भन्दै पाण्डेले  समावेशी समुह र ग्रामीण पर्यटनमा नै विद्यावारिधी गरेका साथीहरुको टिम भएकोले पनि आफ्नो टिम स्तरीय रहेको पाण्डेको दावी छ । 

राजनीतिक प्रतिशोधको आधारमा अर्को टिम आएको र एक पटक उपाध्यक्ष भए पनि कहिल्यै पनि सिम्खडा सक्रिय नरहेको पाण्डेको आरोप छ । 

 विगत १५ वर्ष देखि टा«भल ट्रेकिङ होटल व्यवसाय लगायतका पर्यटकीय क्षेत्रमा कामगर्दै आएको र समग्र नेपालको पर्यटन विकासको लागि गाँउ पर्यटन प्रवद्धनको महत्वपुर्ण भुमिका हुने देखेर केही गरौं भनेर पाण्डे टिम आएको भन्दै सफल र सक्षम युवाको टिम भएकाले जित्नेमा विश्वस्त रहेको बताएका छन् ।    

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै