• २०८१ बैशाख १७ सोमबार

भिटोफ नेपालमा नयाँ कार्यसमितिको पदभार ग्रहण

kharibot

काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)को २२औं साधारण सभाबाट निर्वाचित कार्यसमितिले  एक कार्यक्रमको बीच पदभार ग्रहण गरेको छ ।   भोजन भूमिमा सोमबार कार्यसमितिले औपचारिक रुपमा पदभार ग्रहण गरेको हो ।

सो अवसरमा नयाँ कार्यसमितिलाई सपथ खुवाउनुका साथै प्रमाणपत्रसमेत प्रदान गरियो । पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष ध्रुब सिंखडाले अघिल्लो कार्यसमितिले अघि बढाएका राम्रा कामहरुलाई निरन्तरता दिने र थप नयाँ योजनाका साथ अघि बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा भिटोफ नेपालका निवर्तमान अध्यक्ष राम प्रसाद सापकोटाले आफ्नो कार्यकालमा निरन्तरता  दिदै  नयाँ  काम गर्दै  सबै मिलेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।  उनले हरेक तवरबाट प्रयास गरेको बताउँदै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महत, टानका अध्यक्ष नवराज दाहाल, भिटोफका प्रमुख सल्लाहकार प्रा.डा. प्रेम शर्मालगायतको उपस्थिति रहेको थिए  ।

गत साउन १५ गते सम्पन्न भएको निर्वाचनले धु्रब सिंखडा नेतृत्वको नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा दिपक दाहाल, द्धितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा राजकुमार धमला, सहकोषाध्यक्षमा सकुन्तला देवकोटा निर्वाचित भएका थिए भने कार्यसमिति सदस्यमा देवीकृष्ण रोकाय, राममणी रिजाल, जीवन थपलिया र शान्तकुमार बानीयाँ विजयी भएका थिए ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै