• २०८२ कार्तिक २५ मंगलबार

भारतको बिहार विधानसभा चुनावको दोस्रो चरणको मतदान आज

kharibot

काठमाडौँ । भारतको बिहार विधानसभा चुनावको दोस्रो चरणको मतदान आज हुदैछ । आज विहारका १२२ सिटका लागि मतदान हुन लागेको हो ।

आज ४५ हजार ३९९ मतदान केन्द्रहरूमा मतदान हुने बताइएको छ । १२२ सिटका लागि १३०२ उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् ।  यी मध्ये ११६५ पुरुष उम्मेदवार, १३६ महिला उम्मेदवार र एक तेस्रो लिङ्गी छन् । जबकि दोस्रो चरणमा ३ करोड ७० लाख मतदाताले मतदान गर्नेछन् । जसमा १ करोड ९५ लाख पुरुष मतदाता छन् भने १ करोड ७४ लाख महिला मतदाता छन् । त्यस्तै ४ लाख ४ हजार अपाङ्ग मतदाता छन् । त्यसैगरी ६३ हजार ३७३ सेवा मतदाता, ९४३ तेस्रो लिङ्गी र ४३ एनआरआई मतदाता रहेका छन् । 

यसअघि १२१ सिटका लागि पहिलो चरणको मतदान गत विहिबार भएको थियो । विधानसभा चुनावको नतिजा नोभेम्बर १४ मा घोषणा गरिदैछ । पहिलो चरणमा रेकर्ड ६४.६६ प्रतिशत मतदान भएको रेकर्ड गरिएको थियो । यो विहारमा भएको विधान सभा निर्वाचनको अहिलेसम्म भएको सबैभन्दा धेरै मतदान हो ।

बिहार बिधान सभामा २४३ सिट रहेका विहार विधान सभामा यसअघि २०२० मा भएको निर्वाचनमा बिहारमा तेजश्वी यादव नेतृत्वको आरजेडीले ७५ सिट जितेको थियो भने भारतीय जनता पार्टीले ७४ र नितिश कुमारको जेडीयूले ४३ सिट जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै