काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिस्टहरूका बीचमा मोर्चाबन्दी जरुरी रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै विप्लवले जेनजी बिद्रोह पछि कम्युनिस्ट आन्दोलनबारे स्पष्ट धारणा रहेको बताउदै कम्युनिस्टहरूका बीचमा मोर्चाबन्दी जरुरी रहेको बताएका हुन् । उनले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको अपरिहार्यता रहेको बताउदै एकता नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसकेको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्:
जेनजी बिद्रोह पछि कम्युनिस्ट आन्दोलनबारे हाम्रो स्पष्ट धारणा छ-
१- नयाँ कम्युनिस्ट केन्द्र निर्माणको अपरिहार्यता छ,
२- कम्युनिस्टहरूका बीचमा मोर्चाबन्दी जरुरी छ,
३- कम्युनिस्टहरू र मित्रहरूका बीच बैचारिक,सैद्धान्तिक,ब्यबहारिक बहसहरू आवश्यक छन,
४- एकताको नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसक्यो । समयले धेरै पछि छोडिसक्यो । यसैमा रमाउने, लफाङ्गिने, थेचारिने आफ्नै भुटभुटी मात्र हो । इमानदार दर्शकका लागि यो केवल व्यङ्ग्य मात्र लाग्छ ।









