• २०८२ चैत ३० सोमबार

चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा भक्तपुरबाट चार जना पक्राउ

चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा भक्तपुरबाट चार जना पक्राउ

भक्तपुर । चोरी तथा लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर कमलविनायक बस्ने काभ्रेपलान्चोक धुलिखेल नगरपालिका-३ घर भएका २७ वर्षीय बिक्रम थापा, काभ्रेपलान्चोक रोशी गाउँपालिका-१ घर भएका ३० वर्षीय राम बहादुर तामाङ, रोल्पा परिवर्तन गाउँपालिका-४ घर भएका ४३ वर्षीय लोकेन्द्र पुन र उदयपुर बेलटार घर भएका ४० वर्षीय राजु राई रहेका छन् । 

मध्यपुर ठिमी नगरपालिका-९ निकोसेरा ढुङ्गेधारा बस्ने ७६ वर्षीय पुरूषको घरको झ्यालबाट अपरिचित व्यक्तिहरू प्रवेश गरी पीडितलाई दाउराको चिरपटले प्रहार गरी घाइते बनाएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै