• २०८२ असोज २८ मंगलबार

सुपर सिक्समा नेपालको लगातार दोस्रो जित

kharibot

काठमाडौँ । नेपालले कतारलाई ५ रनले पराजित गरेको छ । सोमबार राति सम्पन्न आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको हो ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछाएको कतारले १९.५ ओभरमा अलआउट हुदै १४२ रन मात्र बनाएको थियो ।

कतारका लागि इमाल लियानागेले सर्बाधिक ५६ रन बनाए भने जुबैर अलीले ५२ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ५ विकेट लिए भने नन्दन यादवले २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १४७  रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ५८ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २६ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ८ बलमा १६ रनको महत्वपूर्ण योगदान दिएका थिए । त्यसैगरी कुशल भुर्तेलले ६, आसिफ सेखले ११, कुशल मल्लले ८, मोहमद आदीलले २, सन्दीप जोराले १, सोमपाल कामीले १४ र नन्दन यादवले १ रन बनाएका थिए । त्यस्तै कतारका बलर मिर्जा बैग र डेनियल अर्चरले ३-३ विकेट लिएका थिए ।

यो सुपर सिक्समा नेपालको दोस्रो जित हो । नेपालको यो जितपछि ३ खेलमा ६ अंक भएको छ र अंकतालिकामा  दोस्रो स्थानमा छ । त्यस्तै कतारको भने ३ खेलमा शुन्य अंक रहेको छ ।

नेपालले अब अर्को खेल  बुधबार ओमानसँग खेल्ने छ भने शुक्रबार सामोआ सँग खेल्ने तालिका रहेको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै