काठमाडौँ । वैदेशिक रोजगार विभागबाट आधिकारिक रुपमा दक्षिण कोरियाका लागि ई–७ भिसामा पठाउने प्रक्रिया शुरु नभएको स्पष्ट गरेको छ ।
विभागले इ-७ भिसामा दक्षिण कोरिया पठाइदिन्छु भन्दै गैरकानूनी रुपमा रकम असुली गर्ने गतिविधि थाहा भएको भन्दै अहिलेसम्म इ-७ भिसामा पठाउने प्रक्रिया स्वरूप कुनै पनि संस्थालाई पुर्व स्वीकृति दिने कार्य शुरु नभएको बताएको छ ।
साथै बिभागले अनधिकृत तवरले इ-७ भिसामा दक्षिण कोरिया पठाउछु भन्नेहरुसँग सतर्क हुन आग्रह गर्दै प्रलोभनमा नपर्न र अनधिकृत व्यक्ति वा संस्थालाई रकम नबुझाउन अनुरोध गरेको छ ।










