काठमाडौँ । अल हिलालले साउदी प्रो लिगमा विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा अल हिलालले अल रियादलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
अल हिलालको जितमा मोटेब अल हार्बी र माल्कमले एक एक गोल गरेका थिए । अल हिलालले दुवै गोल पहिलो हाफमा गरेको थियो ।
योसँगै साउदी लिगमा अल हिलालसहित अल नासर, अल खालीज, अल इत्तिफाक अल अहली साउदी, डामाक र अल हाज्मले विजयी शुरुवात गरेका छन् ।









