• २०८२ मङ्सिर १ सोमबार

एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका

kharibot

काठमाडौँ । एएफसी यू-१७ एसियन कप छनोटमा भाग लिन म्यानमार प्रस्थान गर्ने राष्ट्रिय यू-१७ टोलीलाई एन्फाले बिदाई गरेको छ ।

खेलाडीलाई एन्फाका महासचिव किरण राई, पूर्व सह-सदस्य विकास नारायण श्रेष्ठ र पुरुषोत्तम थापा, सीईओ इन्द्रमान तुलाधर र प्रवक्ता सुरेश शाहले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई बिदाई गरेक हुन् ।

नेपाललाई छनोटको समूह जी मा सिरिया, ओमान, अफगानिस्तान र आयोजक म्यानमारसँगै राखिएको छ । नेपालले नोभेम्बर २२ मा सिरियासँग, नोभेम्बर २४ मा म्यान्मारसँग, नोभेम्बर २६ मा ओमानसँग र नोभेम्बर २८ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै