काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलबस्तुको विश्वमैत्री आधारभूत विद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारू र प्रधानाध्यापक विश्वम्भर रैदासविरुद्ध मुद्धा दायर गरेको छ ।
कपिलवस्तु नगरपालिका- ८ मा अवस्थित विद्यालयको छात्रवृति शिर्षकको रकम, दिवा खाजाको रकम, पाठ्यपुस्तक शिर्षकको रकम र सामाजिक सुरक्षा वापतको रकम गरि कुल ४ लाख ४३ हजार ४३० हिनामाना गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको अख्तियारले जानकारी दिएको छ ।
अख्तियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारू र प्रधानाध्यापक विश्वम्भर रैदासविरुद्ध सोहि रकम बराबरको बिगो कायम गरि कानुन अनुसार सजायको माग गर्दै मुद्धा दायर गरेको जनाएको छ ।









