• २०८२ मङ्सिर १ सोमबार

अल हिलालको साउदी प्रो लिगमा विजयी शुरुवात

kharibot

काठमाडौँ । अल हिलालले साउदी प्रो लिगमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा अल हिलालले अल रियादलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

अल हिलालको जितमा मोटेब अल हार्बी र माल्कमले एक एक गोल गरेका थिए । अल हिलालले दुवै गोल पहिलो हाफमा गरेको थियो ।

योसँगै साउदी लिगमा अल हिलालसहित अल नासर, अल खालीज, अल इत्तिफाक अल अहली साउदी, डामाक र अल हाज्मले विजयी शुरुवात गरेका  छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै