• २०८२ कार्तिक २५ मंगलबार

पर्यटन विभागका निर्देशक यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्धा दायर

kharibot

काठमाडौँ । पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध  गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवको शुरू नियुक्ति भएको २०६६ को जेठ २४ गतेदेखि २०७९ साउन २९ गतेसम्मको जाँच अवधिमा यादव र उनको परिवारले २ करोड ६८ लाख १८ हजार ९ सय आम्दानी गरेको देखिएको तर उनको सो अवधिको कुल सम्पत्ति ३ करोड ६५ लाख ४ हजार ४५३ देखिएको उल्लेख गर्दै ९६ लाख ८५ हजार ५५३ को स्रोत नखुलेको पाइएको जनाएको छ । 

अख्तियारले यादवविरुद्ध ९६ लाख ८५ हजार ५५३ बराबरकै विगो कायम गरि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र बिगो बमोजिम जरिवानाको माग गर्दै विशेष अदालत, काठमाडौँआमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै