• २०८३ बैशाख १६ बुधबार

डेनमार्कका लागि नेपाली राजदूत तुलाधर र सीएनआईका सभापति टन्डनबीच छलफल

डेनमार्कका लागि नेपाली राजदूत तुलाधर र सीएनआईका सभापति टन्डनबीच छलफल

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समिती (सिएनआई) का सभापति, तथा  नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र डेनमार्कस्थित नेपाली राजदूत महामहिम सुम्निमा तुलाधरबीच भेटवार्ता भएको छ ।

भेटमा बिदेशी प्रत्यक्ष लगानी भित्र्याउनका लागि आवश्यक रणनीतिबारे छलफल भएको थियो । साथै, उत्पादनशील क्षेत्रहरु र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीलाई समर्थन गर्न औपचारिक नेटवर्कहरूको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक रिट्रीटहरूको लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने बिषयमा छलफल भएको थियो ।

डेन्मार्कमा बसोबास गर्दै आएका नेपाली प्रवासीहरूको समस्या समाधान तथा हकहितको संरक्षण साथै डेन्मार्कमा नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्ने प्रभावकारी योजनामा पनि दुवै पक्षबीच विचार विमर्श भएको थियो । डेन्मार्कमा रहेको नेपाली मिसन र सीएनआई बीचको संस्थागत सम्बन्धको बारेमा पनि छलफल भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै