• २०८३ जेठ २१ बिहीबार

रामबहादुर बम्जन पुर्पक्षका लागि कारागार चलान

रामबहादुर बम्जन पुर्पक्षका लागि कारागार चलान

सर्लाही । रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सम्पत्ति शुद्धिकरण मुद्दामा  जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

‘लिटिल बुद्ध’ का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनामा राख्ने आदेश गरेपछि उनलाई मलङ्गवा कारागार चलान गरिएको हो । 

सम्पति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ गतेका दिन सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । मुद्दा सुनवाइका क्रममा बम्जन आज जिल्ला अदालतमा उपस्थित भएका थिए । 

यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो । बम्जनलाई जिल्ला अदालतले २०८१ असारमा १० वर्ष कैद र रु पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो ।  त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा दिएको पुनरावेदन निवेदनमा जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गत चैत ६ गते उच्च अदालतले सफाइ दिएको थियो । उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै