काठमाडौँ । रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएको छ ।
बाल यौन शोषण गरेको अभियोग लागेका बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सरकारी वकिलको कार्यालय सर्लाहीमार्फत् सर्लाही जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको हो ।
विभागले बम्जनविरुद्ध कुल ८ करोड २७ लाख ५९ हजार ४८१ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद सजाय माग गरेको छ ।
बम्जनले सो कसुरबाट आर्जन गरेको सम्पत्ति र बरामद भएको रकम जफत गर्न विभागले माग गरेको छ ।