काठमाडौँ । कलाकार दीपक राज गिरीले प्रधानमन्त्रीको तारिफ गरेकोले कलाकार बहिष्कार भनिएको टिप्पणी गरेका छन् ।
प्रकास सपुतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रसंशा गरेपछि उनको फिल्म बसन्तलाई बहिष्कार गरिएको प्रसंगमा कलाकार गिरीले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।
गिरीले समाज क्रुरता तर्फ गइरहेको समेत लेखेका छन् ।
उनले भनेका छन्-
प्रधानमन्त्रीको तारिफ गरेकोले कलाकार बहिष्कार भनियो ! मानौ तारिफको सट्टा गालि गरेको भए ? अर्को पक्षले बहिष्कार भन्थ्यो होला यस्को अर्थ समाज क्रुरता तर्फ….









