काठमाडौँ । काठमाडौँमा वायु प्रदूषणको मात्रा घटेको छ । केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको काठमाडौँ उपत्यका शुक्रबार घट्दै गएको पाइएको छ ।
‘एयर क्वालिटि इन्डेक्स’ को शुक्रबार अपराहन्न १२ बजेको लाइभ रिपोर्ट अनुसार काठमाडौँ विश्वको सबै भन्दा प्रदूषित सहरको सूचीमा चौथो स्थानमा रहेको छ । यो समाचार तयार गरुन्जेल काठमाडौँको वायु प्रदूषण १४७ एक्युआईमा झरेको छ । जुन संवेदनशील समूहका लागि अस्वस्थ तह हो ।
यस अघि आज बिहान साढे ५ बजे २१६ एक्युआई रहेको थियो । हावाको गति बढेसँगै प्रदुषण घट्दै गएको छ ।
वायु गुणस्तर सूचकाङ्कअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत गर्दछ ।









