काठमाडौं । स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय बालुवाटार, काठमाडौँमा आज बिहान बाँडफाँड सम्पन्न भएको हो ।
मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेको एफपीओमा १८ लाख ८२ हजार ४२२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताको लागि आवेदन प्राप्त भएको थियो। जसमा १९ हजार ५७७ जनाले मात्र शेयर हात पारेका छन्। बाँकी १८ लाख ६२ हजार ८४५ जनाको भने हात खाली भएको छ।
कम्पनीले फागुन १८ गतेदेखि २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो। प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गरिएको थियो । कम्पनीको एफपीओ १९ हजार ५ सय ७४ जनाले १०–१० कित्ता र भाग्यमानी ३ जनाले ११–११ कित्ताका दरले पाएका छन्।