• २०८३ जेठ ६ बुधबार

टक्सार पिखुवा खोला जलविद्युतको आइपिओ बाँडफाँड

टक्सार पिखुवा खोला जलविद्युतको आइपिओ बाँडफाँड

काठमाडौं । टक्सार पिखुवा खोला जलविद्युत् कम्पनी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ। बुधबार बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो ।  

कम्पनीले २३ वैशाखदेखि २८ वैशाखसम्म सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्कासन गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ। यसमध्ये ३५ दशमलव २६ प्रतिशत अर्थात् ४२ लाख ३० हजार ६६८ कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने योजना थियो। त्यसअनुसार १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर आयोजना प्रभावित भोजपुरका स्थानीयका लागि छुट्याइएको थियो । बाँकी २५.२६ प्रतिशत अर्थात् ३० लाख ३० हजार ६६८ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो। सो समूहअन्तर्गत १० प्रतिशत अर्थात् ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो ।

यसैगरी २ प्रतिशत अर्थात् ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी २५ लाख १५ हजार ४५५ कित्ता सेयर आज बाँडफाँट गरिएको हो।

बाँडफाँडमा कुल २७ लाख ७१ हजार २५२ योग्य आवेदनबाट ३ करोड २ लाख १२ हजार १४० कित्ताका लागि आवेदन परेको थियो । त्यसमध्ये ४३ हजार ४९ आवेदन अस्वीकृत भएका थिए। लक्की ड्रमार्फत २ लाख ५१ हजार ५४५ आवेदकले १०-१० कित्ता सेयर पाएका छन्। साथै ५ जनाले थप १–१ कित्ता पाउँदै कुल ११-११ कित्ता सेयर प्राप्त गरेका छन् । आइपिओको नतिजा सीडीएससी, मेरो सेयर तथा प्रभु क्यापिटलको माध्यमबाट हेर्न सकिनेछ ।

टक्सार पिखुवा खोला जलविद्युत् आयोजना भोजपुर जिल्लामा ८ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित परियोजना सञ्चालनका लागि स्थापना गरिएको हो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै