• २०८१ फाल्गुण २८ बुधबार

मन्त्रीहरु अनुपस्थित भएपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

kharibot

काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक शुरु हुदा सरकारका कुनै पनि मन्त्रीहरु उपस्थित नभएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो । 

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई हेपेको आरोप लगाउदै मन्त्रीहरूको उपस्थिति नभएको सभामुखलाई ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै