काठमाडौँ । युक्रेनले अमेरिकी युद्धविराम प्रस्तावलाई समर्थन गरेको छ । अमेरिकी प्रस्ताव अनुसार, युक्रेनले रुससँग ३० दिनको सामान्य युद्धविराम गर्न सहमति जनाएको हो । बदलामा, अमेरिकाले सैन्य सहयोग र गुप्तचर साझेदारीमा लगाइएको प्रतिबन्ध हटाउन सहमत भएको छ ।
साउदी अरेबियामा शान्ति वार्तापछि जारी संयुक्त विज्ञप्तिमा दुवै पक्षले युक्रेनी खनिजको बारेमा सकेसम्म चाँडो सम्झौतामा पुग्न पनि सहमति जनाएको उल्लेख छ ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, 'युक्रेनले तत्काल, अस्थायी ३० दिने युद्धविराम लागू गर्ने अमेरिकी प्रस्ताव स्वीकार गर्न इच्छुकता व्यक्त गरेको छ, जुन पक्षहरू बीचको सहमतिमा विस्तार गर्न सकिन्छ, र यो रूसको स्वीकृतिमा निर्भर हुनेछ।' विज्ञप्तिमा अमेरिकाले रुसलाई शान्ति स्थापना गर्न रुसको सहयोग आवश्यक छ भन्ने सन्देश पठाउने पनि उल्लेख छ । अमेरिकाले तुरुन्तै गुप्तचर जानकारी आदानप्रदानमा लगाइएको प्रतिबन्ध हटाउनेछ र युक्रेनलाई सुरक्षा सहयोग पुनः सुरु गर्नेछ ।
फेब्रुअरी २८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बीच ओभल अफिसमा तनावपूर्ण बैठक भएको थियो । यस भेटमा दुई नेताहरूबीच युद्धविरामको बारेमा पनि बहस भएको थियो, त्यसपछि राष्ट्रपति ट्रम्पले युक्रेनलाई दिइँदै आएको सुरक्षा सहयोग बन्द गरेका थिए ।