काठमाडौँ । साउदी अरेबियामा अमेरिका र युक्रेनबीचको वार्ता शुरु भएको छ ।
वार्तामा युक्रेनको तर्फबाट, राष्ट्रपति जेलेन्स्कीका मुख्य सल्लाहकार एन्ड्री येर्माक, विदेशमन्त्री एन्ड्री त्सिबिहा र रक्षामन्त्री रुस्तम उमरोभ सामेल छन् भने अमेरिकाको तर्फबाट, विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज रहेका छन् ।
येर्माकले अमेरिकासँग गरिने सहमतिमा आफुहरुले सुरक्षा ग्यारेण्टीको विषयलाई प्रमुखताका साथ उठाउने बताएको बिबिसीले उल्लेख गरेको छ । साथै रुससँग युद्धविराम कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । साथै अमेरिकाले युक्रेनको खनिजको विषयमा गर्न खोजेको सम्झौताको विषयमा पनि छलफल हुने बताइएको छ ।
यस अघि फेब्रअरी २८ मा ह्वाइटहाउसमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीचको तनावपूर्ण भेटवार्तापछि ब्रिगेको वातावरण यस वार्तापछि सुध्रिने अपेक्षा गरिएको छ ।