काठमाडौँ । युक्रेनले रुसको राजधानी मस्कोमा ठुलो ड्रोन आक्रमण गरेको छ । मंगलबार भएको आक्रमणमा अहिलेसम्म तीन जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।
मस्कोको आसपासको क्षेत्रमा युक्रेनले गरेको आक्रमणलाई असफल बनाएको रुसले दाबि गरेको छ । क्रेमलिनले मस्को र यसको वरिपरीको क्षेत्रलाई युक्रेनको ड्रोन आक्रमणबाट बचाइएको बताएको छ ।
साउदी अरेबियामा अमेरिका र युक्रेनबीच बार्ता शुरु हुनु अघि युक्रेनले यो आक्रमण गरेको थियो । युक्रेनको आक्रमणमा मारिनेमा ३८, ४३ र ५० बर्षका पुरुष रहेको बिबिसीले उल्लेख गरेको छ ।