• २०८१ फाल्गुण २८ बुधबार

गगनलाई अमरेशको कटाक्ष- लोकतन्त्रलाई खतरा गाडीको लस्कर लिएर घुम्ने महामन्त्रीबाट छ !

kharibot

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाली जनता लोकतन्त्रको नाममा चलिरहेको नेतातन्त्रको विरोधमा रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद सिंहले नेपाली जनता लोकतन्त्रप्रेमी रहेको पनि दाबी गरेका हुन् ।

उनले भने,‘आज नेपालमा लोकतन्त्र छैन् । नेतातन्त्र छ । नेताहरुको संरक्षणमा सबै बिचौलिया र भ्रष्टाचारीहरु संरक्षित छन् । म प्रश्न गर्न चाहन्छु–त्रिभुवन विश्वविद्यालयमा रेक्टरको कोठामा राजावादीले गएर कोठा तोडफोड गरेको छ कि कांग्रेस र एमालेका कार्यकर्ता गएर तोडेको छ ? अहिले भर्खरै एउटा महामन्त्रीको उपदेश यो संसदमा सुनिरहेको थिएँ, उहाँ दक्षिण भारतीय फिल्मको शैलीमा २ सय, तीन सय गाडी लिएर कहिले सिमारा पुग्नुहुन्छ, कहिले सिन्धुली पुग्नुहुन्छ, त्यो लोकतन्त्र हो ? विचौलिया, दलाल र तस्करले मात्रै दुई सय गाडीको व्यवस्था गर्न सक्छ, कुनै नेपाली जनताले गर्न सक्दैन् । त्यसकारण लोकतन्त्रको खतरा यस्ता महामन्त्रीबाट छ । खतरा यस्ता दलपतिबाट छ ।’
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै