काठमाडौँ । जारी पीएम कपमा गण्डकी प्रदेशले कर्णाली प्रदेशमाथि ४ विकेटको जित हासिल गरेको छ । मंगलबार देउखुरी क्रिकेट रंगशालामा सम्पन्न खेलमा गण्डकीले कर्णालीलाई ४ विकेटले पराजित गरेको हो ।
कर्णाली प्रदेशले दिएको मात्र ९२ रनको लक्ष्य पछाएको गण्डकीले २९.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि पहिला ब्याटिंग गर्दै कर्णालीले २७.२ ओभरमा अल आउट हुदै ९१ रन बनाएको थियो ।
जारी पीएम कपमा गण्डकीको यो पहिलो जित हो । गण्डकीले २ खेलमा एक जित र एक हार बेहोरेको छ । त्यस्तै कर्णालीको पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ ।