• २०८१ फाल्गुण २३ शुक्रबार

बुद्ध एयरको जहाज पांग्रा बिनानै अवतरण गरेपछि...

kharibot

काठमाडौँ । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको ९एन-एएनएच जहाजको अगाडिको पांग्रा बिनानै सकुशल अवतरण गरेको छ । उडानकै क्रममा खसेको भए पनि पाइलट तथा चालक दललाई त्यसबारे कुनै जानकारी थिएन।

बिहीबार अपराह्न ४:४५ बजे जनकपुर विमानस्थलबाट उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेपछि मात्र पांग्रा हराएको पत्ता लागेको थियो ।

नियमित जाँचका क्रममा नोज ल्याण्डिङ गियर (अगाडिको पांग्रा) हराएको देखिएपछि बल्ल खोजी सुरु गरिएको थियो ।

बुद्ध एयरले यस घटना बारे भनेको छ- जनकपुरबाट काठमाडौं उडान नं ५०६, जहाज ९एन-एएनएच काठमाडौंमा सुरक्षित अवतरण गरेको छ । उत्त जहाजमा प्राविधिक  गडबडी देखिएकोले जहाजलाई टेक्निकल टिमलाई हस्तान्तरण गरिएको छ ।'

जहाजमा ६२ जना यात्रु सवार थिए । सबै सकुशल रहेका छन् । यो घटनाले हवाई सुरक्षाका मापदण्ड र प्राविधिक निरीक्षण प्रक्रियाप्रति फेरी प्रश्न उठाएको छ । नागरिक उड्डयन प्राधिकरणले जहाजलाई ग्राउन्डिङ गरेर घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै