• २०८३ बैशाख १८ शुक्रबार

वुमेन्स च्यालेन्ज ट्रफीमा उपविजेता बन्यो नेपाल

वुमेन्स च्यालेन्ज ट्रफीमा उपविजेता बन्यो नेपाल

काठमाडौं । नेपाल आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीको पहिलो संस्करणमा उपविजेता बनेको छ  ।

शुक्रबार अन्तिम खेलमा इटालीलाई पराजित गर्दै नेपाल उपविजेता बनेर प्रतियोगिता सकेको छ । प्रतियोगिताको उपाधि भने अमेरिकाले जितेको छ ।

नेपालले खेलेका ८ खेलमा ५ जित र ३ हार बेहोर्दै १० अंक बटुलेको थियो । नेपालले अमेरिकासँगका दुवै खेल र एक खेल भानुआटुसँग हारेको थियो ।

त्यस्तै अमेरिकाले भने ८ खेलमा ६ जित हासिल गरेको थियो भने एक हार र एक खेल रद्ध भएको थियो ।

त्यसैगरी आयोजक रुवाण्डा ९ अंकसहित तेस्रो भयो भने इटाली चौथो र भानुआटु पाँचौं भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै