• २०८१ फाल्गुण २२ बिहीबार

राफिन्हाको गोलमा बेनिफिकामाथि बार्सिलोनाको जित

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को पहिलो लिगमा बार्सिलोनाले जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले बेनिफिकालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा खेलको ६१औं मिनेटमा राफिन्हाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको २२औ मिनेटमा बार्सिलोनाका पाउ कुबार्सीले रातो कार्ड पाए पछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

बेनिफिकाको घरेलु मैदानमा सम्पन्न पहिलो लिगमा अग्रता हासिल गरेको बार्सिलोनाले दोस्रो लिग मार्च ११ मा आफ्नो घरेलु मैदानमा खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै