• २०८१ फाल्गुण २२ बिहीबार

प्रतिनिधि सभामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश स्वीकृत

kharibot

काठमाडौं । प्रतिनिधि सभाबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१ स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकले सो अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।

रास्वपा सांसद स्वर्णिम वाग्लेले सो अध्यादेश अस्वीकृत गरिओस् भन्ने प्रस्ताव राखेका थिए । सो प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै अध्यादेश स्वीकृत भएको हो ।

यस अघि आजै प्रतिनिधि सभामा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै