• २०८१ फाल्गुण १७ शनिबार

अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

kharibot

काठमाडौँ । अस्ट्रेलिया जारी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ । अफगानिस्तानविरुद्धको खेल बर्षाले रद्ध भएर एक एक अंक बाँडेपछि अस्ट्रेलिया समुह बी बाट ३ खेलमा ४ अंक बटुल्दै सेमिफाइनलमा पुगेको हो ।

अफगानिस्तानले दिएको २७४ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १२.५ ओभरमा एक विकेट गुमाउदै १०९ रन बनाएको अवस्थामा बर्षाले खेल अवरुद्ध भएको थियो ।

समुह बी मा अब दक्षिण अफ्रिका २ खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ भने अफगानिस्तानको ३ खेलमा ३ अंक रहेको छ । यस समुहको सेमिफाइनलमा पुग्ने दोस्रो टिमको निर्णय शनिबार हुने दक्षिण अफ्रिका र इङल्याण्डबीचको खेल पछि लाग्ने छ । इङल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरीइसकेकोले  दक्षिण अफ्रीका र अफगानिस्तान मध्ये एक देश सेमिफाइनलमा पुग्ने छन् । तर दक्षिण अफ्रिकाको रनरेट राम्रो रहेकाले इङल्याण्डसँग हार भएपनि सेमिफाइनलमा पुग्ने सम्भावना कायमै रहेको छ ।
      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै