काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फेरी एक पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् ।
बालेनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीलाई आफुलाई हराउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका छन् ।
उनले भनेका छन्- 'प्रधानमन्त्रीज्यु , भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मान्छे ! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !!'
बालेन र प्रधानमन्त्री ओलीबीच पछिल्लो लामो समयदेखि नै जुहारी चलिरहेको छ । बालेनले गिरिबन्धु टि-स्टेट जग्गा प्रकरणमा ओली दोषी रहेको बताउदै आएका छन् भने सरकारमा रहेर महानगरलाई सहयोग नगरेको आरोप समेत लगाउदै आएका छन् ।