• २०८१ फाल्गुण १४ बुधबार

एमालेको सचिवालय बैठक बोलाइयो

kharibot

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् ।

फागुन १८ गतेको लागि सचिवालय बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिएका छन् । उक्त बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ ।

सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेस कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् । आँफैले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महशुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ । सरकारमै रहेको दलहरुले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् । अहिलेको अवस्थामा सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट पारित हुने अवस्था रहेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै