काठमाडौँ । भारतको दिल्ली विधानसभाबाट आम आदमी पार्टीका १२ विधायकहरूलाई दिनभरका लागि निष्कासित गरिएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार विपक्षी दलकी नेता तथा दिल्लीका पूर्व मुख्यमन्त्री आतिशीसहित १२ बिधायक निष्कानमा परेका हुन् ।
दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाको सम्बोधनको क्रममा आम आदमी पार्टीका धेरै विधायकहरूले नाराबाजी गरेपछि विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले कारवाही गर्दै उनीहरूलाई निष्कासन गरेका हुन् ।
हालै भएको निर्वाचनपछि आजदेखि विधानसभाको अधिवेसन शुरु भएको थियो । निष्कासनमा परेपछि आम आदमी पार्टीका विधयाकहरुले विधानसभा बाहिर धर्ना दिदै नाराबाजी गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।