• २०८१ फाल्गुण १४ बुधबार

त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन

kharibot

काठमाडौं । त्रिशूली नदीमा मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन् ।

इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुलबाट शुक्रबार बिहान बागमती प्रदेश ०६-०२प ९२०४ नम्बरको मोटरसाइकल त्रिशूली नदीमा खसेको सशस्त्र प्रहरीले जनाएको छ ।

बिहान ११:४९ बजे मोटरसाइकल खसेपछि विपद् व्यवस्थापन तालिमा शिक्षालय करिनटारबाट ६ जनाको सशस्त्र प्रहरी गोताखोर टोली परिचालन गरिएको केन्द्रीय सह-प्रवक्ता शैलेन्द्र थापाले बताए । चितवन प्रहरीका अनुसार चालकको भारतीय सेनामा कार्यरत ‘गोर्खा राइफल म्यान’ रहेका छन् ।

भीरमा प्रहरीले पर्स फेला पारेको थियो। फेला परेको कागजात अनुसार लमजुङ घर भएका २७ वर्षीय रोहित राना हुन् । उनी नारायणगढबाट काठमाडौं मोटरसाइकलमा आउँदै थिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै