• २०८१ फाल्गुण २ शुक्रबार

रजत पाटीदार बने आरसिबीको कप्तान

kharibot

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइजी रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ले रजत पाटीदारलाई कप्तान नियुक्त गरेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले विहिबार पाटीदारलाई कप्तान घोषणा गरेको हो ।

कप्तान बनेपछि रजत पाटीदारले धेरै दिग्गजहरूले आरसिबीको कप्तानी गरेकोमा अब यो जिम्मेवारी पाउँदा सम्मानित महसुस गरेको बताएका छन् ।

त्यस्तै पुर्व कप्तान विराट कोहलीले आफूसहित सम्पूर्ण टिम रजतको साथ भएको बताएका छन् ।

रजत पाटीदार आईपीएलमा शतक बनाउने चौथो अनक्याप्ड क्रिकेटर हुन् । दायाँ हाते ब्याट्सम्यान रजत पाटीदारको जन्म १ जुन १९९३ मा मध्य प्रदेशको इन्दौरमा भएको थियो । उनको पूरा नाम रजत मनोहर पाटीदार हो । उनले २०१५-१६ को रणजी ट्रफीमा प्रथम श्रेणी क्रिकेटमा डेब्यू गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै