काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गरेको बताएका छन्।
ट्रम्पले पुटिनसँग कुराकानीपछि युक्रेन युद्ध अन्त्य गर्न छिट्टै वार्ता शुरु हुने दाबि गरेका छन् ।
ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई जानकारी गराएर सुरु गर्न चाहेको बताए ।
साथै वार्तामा एकअर्काको देशको भ्रमण गर्न पनि सहमति जनाएको ट्रम्पले बताएका छन् भने रुसको विदेशमन्त्रालयले पनि सो पुष्टि गरेको छ ।
ट्रम्पले युक्रेनयुद्धमा लाखौँ युवा सैनिक मारिएको भन्दै यो युद्ध छिटो अन्त्य हुनुपर्ने बताएका थिए । उनले आफु राष्ट्रपति भएको भए युक्रेन युद्ध हुनै नदिने थिए भन्दै अब यसलाई छिटो अन्त्य गर्नुपर्नेमा आफु रहेको स्पष्ट गरेका छन् ।
लामो समयपछि ह्वाइट हाउस र क्रेमलिनको यो कुराकानीपनि युक्रेन युद्ध रोकिने तर्फ पहल हुने आशा व्यक्त गरिएको छ ।