• २०८१ फाल्गुण १ बिहीबार

तातो पनिउँले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

kharibot

तनहुँ । हल्ला गरेको निहुँमा तातो पनिउँले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ परेकी छन् ।

तनुहँको भिमाद नगरपालिका ६ शान्तिनगरमा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कूलकी शिक्षिका तथा लेखापाल सुश्मा श्रेष्ठले हल्ला गरेको भन्दै मङ्गलबार कक्षा चारमा अध्ययनरत तीन विद्यार्थीलाई तातो पनिउँले डामेकी थिइन् ।

सोहि स्थान बस्ने श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेर बालबालिकाविरुद्धको कसूरमा मुद्दा चलाएको छ । जिल्ला अदालत, तनहुँले उनलाई पाँच दिनसम्म थुनामा राखेर अनुसन्धान गर्नका लागि अनुमति दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै