• २०८१ फाल्गुण १ बिहीबार

बबरमहलमा मेलम्ची खानेपानीको पाइप कसरी फुट्यो ?

kharibot

काठमाडौँ । काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि सो क्षेत्र डुबानमा परेको छ । काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेपछि अहिले बबरमहल क्षेत्रका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् ।  

बुधबार दिउँसो नेपाल विद्युत प्राधिकरणले विद्युतका लाइन भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा काठमाडौंको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिएका छन् ।

मन्त्री यादवले पानी बन्द गर्नका लागि काठमाडौ उपत्यका खानेपानी लिमिटेड, पिआइडी प्रमुखलाई निर्देश दिएको जानकारी दिएका छन् ।  उनले अहिले करिब ५० प्रतिसत पानी घटिसकेको छ बताउदै हाल उक्त क्षेत्रमा पानी आपूर्ति बन्द गरिएको बताए । 

पाइप फुटेर पानी पसेपछि बबरमहल स्थित विशेष अदालत लगायतका सरकारी भवनहरू जलमग्न बनेकोमा दुख व्यक्त गर्दै सम्बन्धित निकायहरूले शीघ्र मर्मत कार्य गरी जनजीवन सुचारु गर्ने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै