• २०८१ माघ ३० बुधबार

हत्या गरेको अभियोगमा धनुषाबाट बुहारी पक्राउ

kharibot

धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिका-५ उधा बस्ने ६५ वर्षीया समुन्द्री देबी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

घरायसी बादविवादको क्रममा उनीहरूबीच झै-झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षा कुमारीलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै