काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल फेइहालाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा अल नासरले अल फेईहालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा क्लबका लागि डेभ्यु खेल खेलिरहेका जोन डुरानले २ गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । यो गोलसँगै रोनाल्डोले आफ्नो क्यारियरमा ९२४ गोल गरेका छन् ।
यो जितपछि अल नासरको १९ खेलमा ४१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी अल फेईहाको १९ खेलमा १६औँ स्थानमा छ र लिगमा १४औ स्थानमा छ ।