• २०८१ माघ २५ शुक्रबार

विष्णु रिमालको प्रचण्डलाई जवाफ- शेरा दरबार सरकारको नाममा आउदैछ

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउने प्रक्रियामा रहेको जानकारी दिएका छन्।  

बिहीबार संसदमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसबारे प्रश्न उठाएपछि एमालेका उपमहासचिव समेत रहेका रिमालले सामाजिक सञ्जालमा टिप्पणी गर्दै प्रचण्डलाई जवाफ दिएका हुन् ।

उनले लेखेका छन्, ‘शेरा दरबारको जग्गामा फलेको हरियो मकैको खाजा सगर्व खाएको प्रसंगसहित तपाईंकै परिवारका सदस्यले पोस्ट गरेको फोटो त सार्वजनिक नै छ नि हैन र? सीआईबीको छानबिनपछि अहिले त्यो जग्गा सरकारको नाममा ल्याउने प्रक्रियामा छ। संसदमै प्रश्न उठाउनु भएकोले मात्र यति जानकारी दिएको हुँ।’

बिहीबार पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले शेरा दरबारको जग्गा प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गर्दै सरकारलाई छानबिन गर्न चुनौती दिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै