चिवतन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयान दिनका लागि चितवन आइपुगेका छन् ।
लामिछाने गएराति नै स्थलमार्ग हुँदै चितवन आएका हुन् । रवि आज बयानका लागि १० बजे अघि नै अदालतमा उपस्थित हुने उनको सचिवालयले जानकारी दिएको छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मंगलबार लामिछानेसहित १५ जना व्यक्ति र छ वटा कम्पनीविरुद्ध अदालतमा पुरक अभियोग दायर गरेको थियो।