• २०८१ माघ २३ बुधबार

रवि लामिछाने बयानका लागि आजै चितवन जिल्ला अदालतमा उपस्थित हुने

kharibot

चिवतन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयान दिनका लागि चितवन आइपुगेका छन् । 

लामिछाने गएराति नै स्थलमार्ग हुँदै चितवन आएका हुन् । रवि आज बयानका लागि १० बजे अघि नै अदालतमा उपस्थित हुने उनको सचिवालयले जानकारी दिएको छ । 

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मंगलबार लामिछानेसहित १५ जना व्यक्ति र छ वटा कम्पनीविरुद्ध अदालतमा पुरक अभियोग दायर गरेको थियो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै